• बुधबार, असोज ७ २०८३

च्याम्पियन्स लिगमा भियारिया विरुद्धको खेलमा रोनाल्डोले बनाए अर्को कीर्तिमान


बिहिबार, असोज १४ २०७८
900
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका हुन । खेलमा रोनाल्डोले गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को जित हात पारेको छ ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान बनाए । उनले १७७ खेल खेलेका स्पेनिस गोलकिपर इकर कसियासको कीर्तिमान तोडेका हुन् ।

ओल्डट्राफोर्डका भएको खेलको ५३ औं मिनेटमा पको अल्कासेरलले गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा अलेक्स टेलेसले युनाइटेडका लागि बराबरी गोल फर्काए । कीर्तिमानी खेलमा रोनाल्डोले इन्जुरी टाइमको पाँचौ मिनेटमा विजयी गोल गरे । च्याम्पियन्स लिगमा रोनाल्डोले सर्वाधिक १३६ गोल गरेका छन् ।

दुई खेलबाट तीन अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार