गोरखा । मनासलु हिमाल आराेहणका लागि गोरखाका आएका एक विदेशी नागरिककाे मृत्यू भएकाे छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक बिदेशी नागरिकको मंगलवार मृत्यू भएको हाे ।
मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका नागरिक ब्रेन्ट सेल बेहोस भएको र उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्नो होराईजन नामको कम्पनीबाट स्विकृत लिएर हिमाल आरोहणका लागि उनी मनास्लु पुगेका थिए ।
मृतकको शव बोकेर मनास्लु बेस क्याप सम्म ल्याइएको र हेलिकप्टरबाट आर्खेत ल्याई पोष्टमार्टमका लागि काठमाण्डौँ पठाइएको डिएसपी प्रकाश दाहालले बताए ।