• बुधबार, असोज ७ २०८३

ईपीएल क्रिकेट : पोखराले ललितपुरलाई हरायो


बुधबार, असोज १३ २०७८
560
Shares

काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई पराजित गरेको छ ।

मैदान ओसिलो भएका कारण यो खेल ७ ओभरमा झारिएको बुधवारको पहिलो खेलमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ​६ ओभर ३ बलमा मात्र एक विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

मैदान ओसिलो भएका कारण यो खेल ७ ओभरमा झारिएको थियो । पोखराको जितमा रिचार्ड लेभीले २२ बलमा अविजित ३८ रन बनाए । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो । ललितपुरका लागि सान्दुन विराक्कोदीले १९ रन बनाए । बलिङतर्फ पोखराका नन्दन यादवले तीन, विक्रम सोबले दुई र केसरिक विलियम्सले एक विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार