• बुधबार, असोज ७ २०८३

युरोपियन च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी विरुद्धको खेलमा पिएसजीका लागि मेसीको पहिलो गोल


बुधबार, असोज १३ २०७८
660
Shares

युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। पिएसजीको जितमा इड्रिसा गे र लिओनल मेसीले गोल गरे ।

मंगलबार राति भएको समूह ‘ए’ को खेलमा पिएसजीले सिटीलाई २-० गोलले पराजित गरेको हो।

इड्रिसाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। ७४ मिनेटमा मेसीले पिएसजीको अग्रता दिलाए। केलियन एमबाप्पेको पासमा मेसीले गोल गरेका थिए।

यसअघिका तीन खेलमा गोल गर्न नसकेका मेसीले पिएसजीका लागि पहिलो गोल गरेका हुन्।

जितसँगै समूहमा पिएसजीको दुई खेलबाट चार अंक भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार