हत्याको आरोपमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिटबाट हत्या गरिएको घटनाको आरोपमा सोही वडाका वडाध्यक्ष ‘पथला’ भनिने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको घटनामा १० जना आरोपितमध्ये वडाध्यक्षलाई पक्राउ गरिएको हो । गत वैशाख १३ गते सडक विस्तारको क्रममा सिमासाल खोजविनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका कुशेश्वरविरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।