एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजसामु ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल तयार पारेको हो।
ललितपुरका ओपनर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रनको योगदान दिए। १६ बलको सामना गरेका उनले १ चौका र १ छक्का हाने।
नारायण जोसी ११ रनमा बोल्ड आउट भए। कप्तान तथा ओपनर कुशल भुर्तेल ३ रनमा पवेलियन फर्के। उनलाई विक्रम सोबले नन्दन यादवको हातबाट क्याच आउट गराएका थिए। पवन सर्राफले ५ र अजमतुल्लाह ओमरजाइले १ रन थपे। सुदपि जोरा गोल्डेन डक आउट भए। ओसाडा फर्नान्डोे १० रनमा नटआउट रहे।
पोखराका नन्दन यादवले ३ तथा विक्रम सोबले २ विकेट झारे। केस्रिक विलियम्सले १ विकेट झारे।
आइतबारदेखिको वर्षाका कारण लगातार तिन खेल स्थगित भएपछि आजको दिनको पहिलो खेल ७ ओभरमा छोट्याइएको हो।