एनएमबी बैंकमा खाता नभएको ग्राहकहरुले भिडिओ केवाईसी (भीकेवाईसी), एक भिडिओ कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने भएका छन । बैंकले यससम्बन्धी नयाँ योजना ल्याएको हो।
यसमार्फत ग्राहकहरुले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन्।
ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने पनि बैंकले जनाएको छ।
बैंकले देशभरका १८१ शाखाहरुका साथै १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।