• बुधबार, असोज ७ २०८३

जावा मोटरसाइकलले ल्यायो दशैँ तिहार अफर


बुधबार, असोज १३ २०७८
525
Shares

यस दशैं तथा तिहारको उपलक्ष्यमा जावा मोटरसाइकलले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ।

नेपाली बजारमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट जावा इन्डुरो शीथ तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ।

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदै आएको छ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार