सुनको मूल्य आज बुधबार केही घटेको छ।
मंगलबारभन्दा आज छापावाला सुन तोलामा सय रुपैयाँ घटेको हो।
मंगलबार प्रतितोला ९ हजार रुपैयाँ मूल्य रहेको छापावाला सुन आज ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ। मंगलबार प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ मूल्य रहेको चाँदीको कारोबार आज पनि त्यही भाउमा भइरहेको छ।