युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले एफसी पोर्टो माथि सानदार जित निकालेको छ।
मंगलबार राति भएको खेलमा इजिप्टका मोहम्मद सलाह र ब्राजिली रोबर्टो फिर्मिनो चम्केपछि लिभरपुलले एफसी पोर्टोलाई ५–१ को फराकिलो अन्तरमा पाखा लगाएको हो।
लिभरपुलको जितमा सलाह र फिर्मिनोले समान २ गोल तथा साडियो मानेले १ गोल गरे। पार्टोका मेहेदी तारेमीले सान्त्वना गोल गरे।
मोहम्मद सलाहले लिभरपुरलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा साडियो मानेको गोलमा लिभरपुलले २–० को अग्रता बनाएको थियो। ६०औं मिनेटमा सलाहले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ७४ औँ मिनेटमा पोर्टोका मेहेदी तेरेमीले फावियो भिइराको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।
७७औं मिनेटमा रोबर्टो फर्मिनोको गोलमा लिभरपुल ४–१ को अवस्थानमा आयो। फर्मिनोले कर्टिस जोन्सको पासमा गोल गरेका थिए। ८१औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अघि बढ्यो।
जितसँगै लिभरपुल २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ।