काठमाण्डौ । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ ।
कतार निवासी प्युठानका मधुसूदन केसीले कतारमा गोल्ड स्टारको आउटलेट तयार गरेका छन ।
स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्ड स्टारको आउटलेट कतारमा पुर्याएको बताएका छन । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्ड स्टारको शोरुम रहेको छ ।
शोरुममा मात्र नभइ अनलाइन माध्यमबाट पनि गोल्ड स्टार फुटवेयरको बिक्री गरिने बताइएको छ ।