काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७र७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ ।
उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १।७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपको भनाइ छ ।
चौधरी ग्रुपले आ.व २०७६र७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।
चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ ।