• बुधबार, असोज ७ २०८३

बेलायतमा तेल अभाव : पेट्रोल पम्पहरु बन्द हुन थाले


मंगलबार, असोज १२ २०७८
815
Shares

काठमाण्डौ । बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् ।

खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ ।

सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने बेलायत सरकारले जनाएको छ ।

बेलायतमा लरी चालक अभावले इन्धन र खाद्यान्न सङ्कट बढ्दै गएको छ । कोरोना महामारीले चालक अनुमति पत्रको परिक्षा रोकिनु अनि ब्रेक्जिटका कारण यूरोपेली देशका कामदार स्वदेश फर्कनुलाई मुख्य कारण मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार