काठमाण्डौ । २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ ।
मोक्षभूमि उपन्यासमा लेखक तथा राजनीतिक सामाजिक अभियन्ता केशव दाहालले आज भन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिञ्जा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गर्नु भएको छ ।
२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।