• बुधबार, असोज ७ २०८३

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी


मंगलबार, असोज १२ २०७८
685
Shares

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले दिएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको थियो। त्यसपछि खाली रहेको रिक्त रहेको सो पदमा सुवेदीलाई नियुक्त गरिएको हो।

वि।सं। २०५२ मा ‘हिमालय टाइम्स’ दैनिकबाट पत्रकारिताको व्यावसायिक यात्रा थालेका सुवेदीले संसद्, सुरक्षा, भ्रष्टाचारविरोधी तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा निरन्तर कलम चलाउँदै आएका छन्। आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध अध्ययनमा क्रियाशील छन्।

व्यासायिक पत्रकारितामा दुई दशकभन्दा बढी क्रियाशिल रहेका सुवेदीले यसअघि विभिन्न सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिका रहेर कार्य गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार