• बिहिबार, साउन १४ २०८३

गोरखा अस्पताललाई रेडक्रसले दियाे स्वास्थ्य सामग्री


मंगलबार, असोज १२ २०७८
835
Shares

गोरखा । गोरखा अस्पताललाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोकोकोला फाउण्डेसनबाट प्राप्त सामग्री मध्ये केही सामग्री गोरखा अस्पताललाई र बाँकी रेडक्रसका भोलेन्टियरहरु, आवश्यक परेको ठाउँमा समुदायका ब्यक्तिलाई बितरण गरिने रेडक्रस गोरखाका सभापति भगबानबाबु मास्केले बताए ।

जसमा १० हजार थान मास्क, पाँच सय ७६ थान सेनिटाईजर, ५० थान फेस सिल्ड र ३० प्याकेट ग्लोब्स गोरखा अस्पताललाई दिइएको छ । अस्पतालमा सुरक्षाका सामग्री आवश्यक पर्ने भएकाले प्रदान गरिएको रेडक्रस गोरखाले जनाएको छ ।

सोमवार गोरखा अस्पतालमा रेडक्रस सभापति मस्केले गोरखा अस्पतालका निमित्त प्रमुख डाक्टर बिधान सिग्देललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार