• बुधबार, असोज ७ २०८३

नक्कली सिआइडी बनेर गोरखामा लुटपाट गर्ने प्रयास, ६ जना पक्राउ


मंगलबार, असोज १२ २०७८
780
Shares

गोरखा । गोरखामा प्रहरीको सिआइडी भन्दै बलजफ्ती मालबाहक ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ परेका छन् । सोमबार गोरखा-आँबुखैरनी सडककाे बारकिलाे क्षेत्रमा नक्कली प्रहरीको सिआइडी बनेर लुटपाटको प्रयास गर्ने ६ जना पक्राउ परेका हुन ।

आबुखैरेनीबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नं को मालबाहक ट्रकलाई उनिहरुले बलजफ्ती रोकेर चेकजाँच गरेको, सहचालकको मोबाईल खोसेको र ट्रकमा भएको सामानमा समेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

नक्कली प्रहरी बनेर लुटपाट गर्न लागेको शंका लागेपछि उक्त गाडीका सहचालकले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोली पुग्दा केही युवा भागेकाे र ६ जनालाई भने नियन्त्रणमा लिन सफल भएकाे प्रहरीकाे भनाई छ ।

‘हामीलाई प्रहरीले पठाएको हो सबै सामान झार् भन्दै धम्क्याएछन्, उनीहरुको शरिर समेत खानतलासी लिएछन्,’ गोरखाका डिएसपी प्रकाश दाहालले भने ‘एक जना सहचालकको मोबाइल खोसेर लगेको पनि पाइयो ।’

पक्राउ पर्नेमा गोरखा नगरपालिका ११ का वर्ष २० का निरञ्जन तामाङ, वर्ष २१ का निरज कोईराला, वर्ष १९ का सुरज तामाङ, वर्ष २० का ओमराज गुरुङ, वर्ष २० का मनोज तामाङ र वर्ष २० कै रिकेश कुँवरलाई रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार