गोरखा बोर्लाङका एक युवक ललितपुरको सातादोबाटोबाट लागू औषध ब्राउन सुगर सहित फक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १ लाख ५५ हजार रुपैयाँ सहित भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ घर भएका २८ वर्षीय गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले अधिकारी सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।