काठमाण्डौ । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत हुने भएको छ ।
नयाँ संसदमा आधाभन्दा धेरै सिटमा महिला सदस्य विजयी भएका छन् । आइसल्यान्डको संसद्का ६३ सिटमध्ये ३३ सिटमा महिला विजयी भएका बीबीसीले जनाएको छ ।
आइसल्यान्डको संसदमा महिलाका लागि कुनै आरक्षण सिट छैन ।
विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली देशमा ५० प्रतिशतभन्दा बढी महिला कानुन निर्माण गर्ने तह संसदमा पुगेका छैनन् ।