काठमाडौं । बार्सिलोनाले स्पानपिस ला लिगामा आइतबार लेभान्टेलाई ३(० ले पराजित गरेको छ ।
घरेलु मैदानमा नोउ क्याम्पमा बार्सिलोनाका लागि डच खेलाडीद्वय मेम्फिस डिपाए, युवा स्टार फाती र लुक डे जोङले पनि १/१ गोल गरे ।
चोटका कारण लामो समयसम्म मान बाहिर रहेका युवा स्टार फातीले ११ महिनापछि पुनरागमन गर्दै गोल गरेका हुन् ।
दुई दशकपछि लिओनल मेस्सीले बार्सिलोना छाडेपछि फातीलाई क्लबले १० नम्बरको जर्सी दिएको थियो । फातीले नयाँ जर्सी लगाएर पहिलो खेलमै गोल गरे ।
जितपछि ६ खेलबाट १२ अंक जोडेको बार्सिलोनाले अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । ७ खेलबाट १७ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।