साफ च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।
कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो ।
पहिलो हाफमा २–१ को अग्रता लिएको ओमानले दोस्रो हाफमा ५ गोल थप्यो भने नेपालले एक गोल मात्र गर्न सक्यो।
ओमानलाई सहज जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक÷एक गोल गरेका थिए।