गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परिक्षण गरिएकामा १९२ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ९० महिला र १०२ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १२४,स्याङ्जा १३, म्याग्दी ७,पर्वत २, गोरखा ३१, लमजुङ १०, तनहुँ ३ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार २३४ पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार १५३ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।