• बिहिबार, साउन १४ २०८३

थप ८ सय ३४ जनामा कोरोना संक्रमण, १ हजार २ सय ७९ संक्रमणमुक्त


आइतबार, असोज १० २०७८
615
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७ सय ३० जना र ५ हजार १ सय ४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ७९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३ सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार