• बुधबार, असोज ७ २०८३

बुढीगण्डकी बनाउन दबाब दिँदै काठमाडौंमा बृहत प्रदर्शन


आइतबार, असोज १० २०७८
820
Shares

काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ गतेदेखि माइतीघरमा धर्नामा बसेका प्रभावित क्षेत्रका वासिन्दा आइतबार नाराबाजी र प्रदर्शन गर्दै बानेश्वरसम्म आएका हुन् ।

बुढीगण्डकी प्रभावितले बुढीगण्डकी आयोजना निर्माणको मोडालिटी छिटो टुंग्याउनुपर्ने, घर, गोठ, बोटविरुवाको मुआब्जा दिनुपर्ने, दर्ता छुट भएका जग्गाको भोगचलनको आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गरेकाहरुलाई मापदण्ड बनाएर मुआब्जा दिनुपर्नेलगायतका माग राखेका छन् ।

पानी परिरहेका बेला रुझ्दै प्रभावित क्षेत्रका वासिन्दाले बुढीगण्डकी आयोजना छिटो बनाऊ, बुढीगण्डकी आयोजनामा राजनीति बन्द गर, हामीलाई सुकुम्बासी बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार