• बुधबार, असोज ७ २०८३

चिउरा मिलमा आगलागी हुँदा ७० लाखको क्षति


आइतबार, असोज १० २०७८
770
Shares

सुनवर्षी नगरपालिका–३ मा रहेको एउटा चिउरा मिलमा शनिबार राति आगलागी भएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

अरुण सिंहले सञ्चालन गरेको बोलबम चिउरा मिलमा राति ९ः५० बजेतिर आगलागी भएको थियो ।

प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा मिल सञ्चालन गरिएको २ वटा कोठा, २ वटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार