हङकङका विश्व चर्चित सर्जन डा। फ्रेडी फु हो कुङको निधन भएको छ।
७१ वर्षीय फुको अमेरिकामा शनिबार निधन भएको हो।
फुले २०१७ मा घाइते भएको इब्राहिमोभिचको शल्यक्रिया गरेका थिए। बाल्यकाल हङकङको बोनह्याम रोडमा बिताएका फुले सेन्ट पौल कलेजमा अध्ययन गरेका थिए।
एन्टेरियर क्रुसियट लिगामेन्ट (एसीएल) को उपचारमा उनी अग्रणी सर्जन थिए। त्यसैले हजारौँ व्यवसायिक खेलाडीका लागि उनको उपचार वरदान साबित भएको थियो।
१९८१ देखि आफूले २० हजारभन्दा बढी घुँडाको शल्यक्रिया गरेको उनले बताएका थिए।