• बुधबार, असोज ७ २०८३

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा


आइतबार, असोज १० २०७८
640
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका विच आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।​

एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताएका छन ।

आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गरेका छन ।

लण्डन बसेर व्यवसाय गर्ने उनी पर्वतमा जन्मिएका हुन । उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार