• बुधबार, असोज ७ २०८३

मध्य भोटेकोशीको आईपिओ सोमबार बिहान बाँडफाँड हुने


आइतबार, असोज १० २०७८
525
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ सोमबार बिहान बाँडफांड हुने भएको छ ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज ११ गते सोमबार बिहान ९ बजे शेयर बाँडफांड गर्न लागेको हो । क्यापिटलले हिजो शनिवार प्रि अलोटमेन्ट सकेर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पठाएको छ ।

कम्पनीको आईपिओमा झन्डै २ अर्बको आवेदन परेको छ । आईपिओमा १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि अर्थात् १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रकमको आवेदन परेको छ ।

कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो । स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुनस् सुचारु भएको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले स्थानीयको शेयर बाँडफांड लगत्तै सर्बसाधारणलाई दशैँ अगाडी नै शेयर निष्काशन गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार