• बुधबार, असोज ७ २०८३

मुक्तिनाथ मन्दिर पाँच महिनापछि खुल्यो


आइतबार, असोज १० २०७८
810
Shares

कोरोना भाइरस सङ्क्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार आजदेखि खुलेको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

स्वदेशीका लागि पीसीआर वा एन्टिजेन परीक्षण गरेको नेगेटिभ रिपोर्ट तथा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको खोपकार्ड र विदेशीलाई पीसीआर परीक्षणको सात दिनभित्रको रिपोर्टका आधारमा मुक्तिनाथ प्रवेशको अनुमति दिइएको बताइएको छ ।

मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरुले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको अवस्थामा सङ्क्रमणदर समेत न्यून रहेकाले जनजीवनलाई सामान्य बनाउन निषेधाज्ञा हटाइएको थियो ।

मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलहरु खुलेसँगै म्याग्दीको बेनी भएर मुस्ताङ जाने स्वदेशी पर्यटकहरुको चहलपहल समेत बढेको छ ।

समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा १०८ धारा नुहाइ मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्सेनि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार