• बुधबार, असोज ७ २०८३

फोटो पत्रकार क्लबको ११ औँ साधारणसभा सम्पन्न : अध्यक्षमा श्रुति श्रेष्ठ


आइतबार, असोज १० २०७८
660
Shares

काठमाण्डौ । फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन ।

क्लबको हिजो सम्पन्न ११ औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिका दैनिकका अमूल थापा र प्रवक्तामा गोरखापत्र दैनिकका विकास द्वारे निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटी अनलाइनकी निशा भण्डारी, देशसञ्चार अनलाइनकी वर्षा शाह, दि हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोष्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार