• बुधबार, असोज ७ २०८३

ईपीएलः चितवन टाइगर्सले विराटनगरलाइ हरायो


आइतबार, असोज १० २०७८
710
Shares

विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ।

अन्तिम बलमा राजेश पुलामीले चौका प्रहार गर्दै चितवनलाई रोमाञ्चक जित दिलाएका हुन्। राजेश पुलामी ४३ र शाहव आलम १ रनमा नटआउट रहे।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर भेट्टायो।

विराटनगरका सिकन्दर राजा र कप्तान करण केसीले समान २ तथा प्रतिश जिसी र रयान पठानले समान १ विकेट लिए। विरानगरका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। खराब सुरुवात गरेको विराटनगरले सुरुवाती ३ ओभरमा नै तिन विकेट गुमाएको थियो।

चितवनका कप्तान सोमपाल कामीले पहिलो ओभरमा नै दुई विकेट लिदै टोलीलाई सफलता दिलाएका थिए। सागर ढकाल, कमल ऐरि करिम जन्नतले समान २ लिए भने शाहब आलमले एक विकेट झारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार