• बुधबार, असोज ७ २०८३

जर्मनीमा आज आमचुनाव हुँदै


आइतबार, असोज १० २०७८
615
Shares

काठमाण्डौ । जर्मनीमा आज आमचुनाव हुँदैछ ।

आमचुनावमा चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २००५ देखि लगातार १६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय एन्गेला मर्केलले यसअघि नै यो चुनावमा नलड्ने बताउनुभएको थियो । मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनावलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।

जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।

जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार