• बुधबार, असोज ७ २०८३

ईपीएल क्रिकेट : विराटनगरले चितवनलाई दियो १ सय ५२ रनको लक्ष्य


आइतबार, असोज १० २०७८
560
Shares

काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा चितवन टाइगर्सले १ सय ५२ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै अनिल शाहले ३२ रन जोडे ।

चितवनका सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २/२ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार