• बुधबार, असोज ७ २०८३

रकम हिनामिना गरेकाे आराेपमा गोरखाबाट एक लघुवित्तका प्रवन्धक पक्राउ


शुक्रबार, असोज ८ २०७८
940
Shares

गोरखा । लघुवित्तको रकम झिकी हिनामिना गरेको आरोपमा गोरखाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय देउरालीका तत्कालीन प्रवन्धक ललितजङ शाहीलाई नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेकाे आराेपमा बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

राम्नाकोट ६ कालीकोट घर भई यहाँको लघुवित्तमा कार्यरत ३० बर्षका शाहीले १३ जना नक्कली ऋणी खडा गरी आफू कार्यरत सोही वित्तीय संस्था मार्फत रु. १६, लाख ९५ हजार निकाली हिनामिना गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

ठगी गरेको भनिएको वित्तीय संस्थाले जिल्ला प्रहरी कार्यालय गोरखामा शाहीलाई पक्राउ गरी कानून बमोजिम कारबाही गर्न माग गर्दै दिएको जाहेरी दरखास्तको आधारमा पक्राउ गरी अनुसन्धान गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

प्रहरीले शाहीविरुद्ध शुक्रबार ठगी आरोपमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार