• बिहिबार, साउन १४ २०८३

शुक्रबार थप एक हजार ४७६ जनामा कोरोना संक्रमण, एक हजार ५५० संक्रमित निको भए


शुक्रबार, असोज ८ २०७८
590
Shares


पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १५ हजार ६ सय ९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५ हजार एक सय १५ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ५ सय ५० संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८१ जनाको मृत्यु भएको छ।

यस्तै हाल २० हजार २ सय ८७ सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा थप ३ सय ६४ कोरोना संक्रमित थपिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार