• बुधबार, असोज ७ २०८३

दिल्लीको अदालतभित्र गोली चल्यो : ‘मोस्ट वान्टेड ग्याङस्टार’सहित तीन जनाको मृत्यु


शुक्रबार, असोज ८ २०७८
525
Shares


एजेन्सी । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।

ती दुई बन्दुकधारीले दिल्लीका ‘मस्ट वान्टेड ग्याङ्स्टार’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली चलाउँदा ती बन्दुकधारी पनि मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो। जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गोली चलेको थियो।

त्यहाँ भएका व्यक्तिहरू आत्तिएपछि भागदौड मच्चिएको थियो। जितेन्द्र गोगी सन् २०२० मार्चमा पक्राउ परेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार