• बुधबार, असोज ७ २०८३

लुकाई राखेको अवस्थामा ओडारमा भेटियो २५ थान भरुवा बन्दुक


शुक्रबार, असोज ८ २०७८
795
Shares


बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ ।

तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको हो ।

बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको बागलुङका एसपी कृष्ण पल्ली मगरले बताए ।

बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार