• बुधबार, असोज ७ २०८३

ठमेलमा जर्मन नागरिक मृत फेला


शुक्रबार, असोज ८ २०७८
510
Shares


काठमाडौं । तीन महिनादेखि ठमेलको एउटा होटलमा बसिरहेका जर्मन नागरिक मृत फेला परेका छन्।

बिहीबार बेलुका ४० वर्षीय डेभिड मिटज्याक्ट बिहान होटलको कोठामा मृत फेला परेका हुन्।

उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् ।

त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार