• बिहिबार, साउन १४ २०८३

थप एक हजार २३९ मा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु


बिहिबार, असोज ७ २०७८
660
Shares


काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार २ सय ४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ४१ र एन्टिजेन विधिबाट २ सय ९८ जना संक्रमित थपिएका हुन्।

यही अवधिमा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन्। यस्तै काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार