काठमाडौं। प्रहरीले अवैध ३०० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जनालाई पक्राउ गरेको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत गौशालामा पठाइएको प्रहरीले जनाएको छ ।