गोरखा । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ५४ जना पुगेको छ । गोरखा नगरपालिकामा बुधबार ४ जनामा एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४ जना पुगेको हो ।

निषेधाज्ञा खुकुलो भएसँगै मानिसको चलहपहल बढ्न थाले पछि गाउँगाउँमा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको संख्या बढ्न थालेको छ ।
पछिल्लो समय सिराचोक गाँउपालिकामा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको संख्यामा उल्लेखीय मात्रामा बढेको भन्दै बुधबार ४८ जना महिला र ४७ जना पुरुषका स्वाब संकलन गरेर प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाएको स्वास्थ्य शाखाले जनाएको छ ।
