• बुधबार, असोज ७ २०८३

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ


बिहिबार, असोज ७ २०७८
580
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेर प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य एब हजार १६५ रुपैयाँ थियो । आज एक हजार १५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार