• बुधबार, असोज ७ २०८३

केपी भट्टकाे पहलमा बुढीगण्डकी वृद्धा आश्रममा ६ लाख बराबरको अक्षय कोष स्थापना


बुधबार, असोज ६ २०७८
2K
Shares

गोरखा । अमेरिकामा बस्ने केपी भट्टकाे पहलमा बुढीगण्डकी वृद्धा आश्रममा ६ लाख बराबरको अक्षय कोष स्थापना भएकाे छ। भिमसेन थापा गाउँपालिका ३ बुढिगण्डकी नदि र ईशवरी गंगाको संगम पवित्र स्थल गोरखा आरुधाट अमीलीचौरमा रहेको बुढीगण्डकी बृद्धा आश्रम तथा लक्ष्मीनारायण धाममा अमेरिकामा बसाेबास गर्ने भट्टको सक्रियतामा ६ लाख बराबरको अक्षयकोष स्थापना भएकाे हाे ।

साे संस्थाको आजिवन सदस्य समेत रहेका भट्टले अमेरिकामा बसोबास गर्ने नेपाली सामाजिक अभियान्ताहरुबाट साे बराबरकाे रकम संकलन गरि संस्थालाई उपलब्ध गराएका हुन । सो रकम संस्थाका अध्यक्ष पण्डित लेखनाथ खनाललाई रकम संकलनकर्ता के पी भट्टका पिता तारानाथ भट्टले हस्तान्तरण गरेका हुन ।

अभियान्ता भट्टकाे पहलमा अक्षयकाेष स्थापनाका लागि अमेरिकामा बस्ने २ सय १ जनाले रकम सहयाेग गरेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार