• बुधबार, असोज ७ २०८३

गोरखाकाे नारेश्वरबाट सालकाे अवैध काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा


बुधबार, असोज ६ २०७८
885
Shares

गोरखा । गोरखाकाे नारेश्वरबाट प्रहरीले अवैध सालकाे काठ नियन्त्रणमा लिएकाे छ । नगरपालिका ३ नारेश्वरकाे गगटेघाटबाट प्रहरीले मंगलवार राती करिब साढे ८ बजे ४७ थान सालको गोलिया काठ सहितकाे ट्याक्टर नियन्त्रणमा लिएको हाे।

ड्युटीमा खटिएको प्रहरीलाई देखेपछि करिब ७ जना ब्यक्ति काठ र ग १ त ६८९५ नम्बरको ट्याक्टर छाडेर भागेका थिए ।

अवैध रुपमा सालको काठ ओसार पोसार गर्दै गरेकाहरुको खोजी भईरहेको र काठ सहितका ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

घटनास्थलबाट काठ काट्न प्रयोग भएको आरो, बन्चरोपनि नियन्त्रणमा लिइएको छ । बुधवार काठ सहितको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार