नेपालमा थप एक हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ४ सय ७८ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
११ हजार ६७ जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल २१ हजार एक सय ३९ जना सक्रिय संक्रमित छन्।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ३० जना निको भएका छन् । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ।
यस्तै काठमाडौं उपत्यकामा ५६४ संक्रमित छन्।