• बुधबार, असोज ७ २०८३

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी


बुधबार, असोज ६ २०७८
665
Shares


सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको छ ।

वडा नम्वर १ को कार्यालयमा बुधबार बिहान साढे १० बजे आगजनी भएको हो । आगजनीबाट कार्यालयका कागजातको साथै अध्यक्ष वस्ने कुर्सी, सोफा, दराजहरु जलेर नष्ट भएका छन् ।

वडा अध्यक्ष गंगाराम सुनारका अनुसार सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेको बताए ।

उनले वडा अध्यक्षलाई फोन गरेर सुरुमा वडा कार्यालय जलाइदिने धम्की दिएका थिए । केही समयपछि पेट्रोल छर्केर वडा कार्यालयमा आगजानी गरिएको खबर आफूले पाएको उनले बताए ।

वडा कार्यालयमा आगजनी गरेपश्चात नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले वडा कार्यालयको निरीक्षण गरेका छन् ।

सुवेदीले सरकारी सम्पतीमाथि क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याइने बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार