स्पेनिस ला लिगामा गेटाफेविरुद्ध एट्लेटिकोले जित हात पारेको छ ।
उरुग्वेली स्ट्राईकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पुनरागमन जित निकालेको हो।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको मैदानमा २–१ गोलले हरायो। एट्लेटिकोको जितका लागि दुवै गोल लुइस स्वारेजले गरे। गेटाफेका स्टेफन मित्रोभिकले सुरुवाती गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो।
एट्लेटिका सुआरेजले ६८औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि इन्जुरी समयमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।
जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ। शीर्षस्थानमा उक्लिएको एट्लेटिकोको ६ खेलबाट १४ अंक छ।