काठमाडौं । मृगौला पीडितको डायलासिसका नाममा मनपरी शुल्क नलिने व्यवस्था गर्न संसदीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिले डायलासिसको नाममा निजी र सरकारी अस्पतालले मनोमानी शुल्क लिएको भन्दै तत्काल अनुगमन र्न सरकारलाई निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ५७९७ जनाले देशभरका अस्पतालबाट डायलासिस सेवा लिइरहेका छ्न् ।
निजी अस्पतालले एकपटक डायलासिस गरेको ७ हजारसम्म लिने गरेका छ्न् ।