काठमाडौं । साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
सोमबार उच्च अंकले घटेको नेप्से मंगलबार १३.८३ अंकले बढेर २७ सय १२.०७ विन्दुमा पुगेको हो।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिदबिक्री भए।
आज जीवन विमाको सर्वाधिक १९९.६४ अंकले परिसूचक बढेको छ। त्यस्तै होटल एन्ड टुरिजमको ७६.०९, निर्जीव विमाको ७२.०२, विकास बैकको २७.३७ र जलविद्युतको २२.८३ अंकले परिसूचक बढेको हो।
आज कम्पनी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बराबरले शेयर मूल्य बढेको छ। त्यसपछि रुरु जलविद्युत परियोजनाको ५.७६ प्रतिशतले शेयरमूल्य बढेको छ।