• बुधबार, असोज ७ २०८३

गाडीको ठक्करबाट चितुवाको मृत्‍यु


बुधबार, असोज ६ २०७८
625
Shares


चितवन । इच्छाकामना गाउँपालिका— ४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्थापन गरिएको बताए ।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार